Jeremiah 50:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्‍नो हतियार राखेको सिलखाना खोलेर रिसमा ती हतियारहरू निकालेको छु किनभने म सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले बेबिलोनमा काम गर्नुपरेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले आफ्‍नो गट्ठाघर खोल्‍नुभएको छ, र उहाँले आफ्‍नो क्रोधका हतियारहरू निकाल्‍नुभएको छ, किनकि बेबिलोनीहरूको देशमा सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरले गर्नुपर्ने काम छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ, र आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ; किनकि प्रभु सेनाहरूका याहवेहले बेबिलोनीहरूका देशमा आफ्नो काम गर्नुपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्नो अस्त्र-घर उघार्नु भयो अनि क्रोधको हात-हतियार निकाल्नु भयो। मेरो मालिक, सेनाहरूका परमप्रभुले ती हतियारहरू निकाल्नु भयो किनभने उहाँले कल्दीहरूका देशमा आफ्नो काम गर्नु थियो।