Jeremiah 50:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बेबिलोनमाथि आक्रमण गर्न उत्तरबाट एक जाति आएको छ र त्‍यसलाई उजाड पार्नेछ। मानिसहरू र पशुहरू दुवै भागिजानेछन् र त्‍यहाँ कसैले बास गर्नेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उत्तर दिशाबाट एउटा जातिले त्‍यसलाई आक्रमण गर्नेछ, र त्‍यसको देश उजाड़ पार्नेछ। त्‍यसमा कोही पनि बस्‍नेछैन, मानिसहरू र पशुहरू दुवै भागिजानेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उत्तर दिशाबाट एउटा राष्ट्रले त्यसलाई आक्रमण गर्नेछ, र त्यसलाई उजाड पारिदिनेछ। त्यहाँ कोही पनि बस्‍नेछैन; मानिसहरू र पशुहरू दुवै भागेर जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ। त्यो जातिले बाबेललाई, जन-शून्य मरूभूमि तुल्य पार्ने छ, कुनै मानिस पनि त्यहाँ बस्ने छैन्। दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।”