Jeremiah 50:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो अहङ्कारी जाति ठोकर खाएर लड्नेछ र तँलाई उठ्न कसैले मद्दत गर्नेछैन। म तेरा सहरहरूमा डढेलो लाइदिनेछु र त्यसका चारैतिरका सबै थोकहरू भस्म हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहङ्कारीचाहिँ ठक्कर खाएर लोट्नेछ। त्यसलाई उठाउने कोही हुनेछैन। म त्यसका नगरहरूमा आगो लगाइदिनेछु,’ त्यसले त्यसका चारैतिर हुनेहरू सबैलाई भस्म पार्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो अहङ्कारी बेबिलोन ठक्कर खाएर लड्नेछे, र त्यसलाई कसैले पनि उठ्न सहायता गर्नेछैन; म त्यसका सहरहरूमा आगो लगाइदिनेछु, र त्यस आगोले त्यसका चारैतिर भएका अहङ्कारीहरू सबैलाई भस्म पारिदिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
घमण्डी बाबेल ठोकिएर लडनेछ अनि कसैले पनि उनलाई उठाउने छैन। म उसको शहरहरूमा आगो लगाउनेछु अनि उसको वरिपरि भएका प्रत्येक कुरो नै जल्नेछ।”