Jeremiah 50:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका घोडा र रथहरूको नाश गर! त्‍यसका ज्‍यालादार सेनाहरूको मृत्‍यु होस्! तिनीहरू कति दुर्बल छन्! त्‍यसका धनका भण्‍डारहरू नाश गर, ती लुटपिट र हारालुछ गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका घोड़ाहरू र रथहरू र त्‍यसका बीचमा भएका सारा विदेशी फौजहरूका विरुद्धमा तरवार परेको छ! तिनीहरू स्‍त्रीहरूझैँ हुनेछन्‌। ती लुटिऊन्‌ भनेर तरवार त्‍यसका धनको विरुद्धमा परेको छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका घोडाहरू, रथहरू र त्यसका साथमा रहेका सबै विदेशीहरूको विरुद्धमा तरवार चलेको छ! तिनीहरू स्त्रीहरूझैँ दुर्बल हुनेछन्। तिनीहरूका धनका भण्डारहरूको विरुद्धमा तरवार परेको छ! ती धनका भण्डारहरू लुटिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तरवार, बाबेलका घोडाहरू, रथहरूलाई मार। अन्य देशका भाडाका सिपाहीहरूलाई मार ताकि तिनीहरू स्त्रीहरू जस्तो डराउन। तरवार, बाबेलको गाडधनहरूमाथि जाइलाग ताकि तिनीहरू लुटिउन्।