Jeremiah 50:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस देशमा खडेरी परोस्, त्‍यसका नदीहरूमा पानी सुकोस्। बेबिलोन एउटा डरलाग्‍दो मूर्तिहरूले भरिएको देश हो। ती मूर्तिहरूले देशवासीहरूलाई मूर्ख बनाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका पानी सुकिजाओस्‌ भनेर खड़ेरी परेको छ। किनकि त्‍यो मूर्तिहरूको देश हो, र त्‍यसका देवताहरू डरले पागल हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशका पानीका मुहानहरूमा खडेरी परोस्! त्यसका नदीहरू सबै सुकोस्। किनकि बेबिलोन मूर्तिहरूको देश हो, ती मूर्तिहरूले मानिसहरूलाई त्रसित बनाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तरवार! पानीको मुहानहरू काट ताकि मुहानहरू सुकुन। किनभने बाबेलमा धेरै मूर्तिहरू छन् अनि तिनीहरू मूर्तिका निम्ति पागल हुन्छन्।