Jeremiah 50:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनको राजाले त्‍यो खबर सुने र तिनका हातहरू लुला भए। स्‍त्री सुत्‍केरी व्‍यथामा परेझैँ तिनी ठूलो वेदनामा परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनको राजाले उनीहरूका विषयमा सुन्‍यो, र त्‍यसको हात फतक्‍क गलिहाल्‍यो। प्रसववेदनामा परेकी स्‍त्रीलाई झैँ त्‍यसलाई फिक्री र पीडा पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनको राजाले तिनीहरूको बारेमा खबर सुनेको छ; अनि त्यसका हातहरू लल्याकलुलुक भएका छन्। प्रसव-वेदनामा परेकी स्त्रीलाई जस्तै पीडाले त्यसलाई पक्रेको छ।
Nepali ERV (पवित्र बाइबल)
बाबेलका राजा ती सेनाहरूका गडगडाहट आवाज सुनेर डराए। उनका हातहरू चल्न छाडे। उसलाई घेर्यो अनि उसलाई प्रसव वेदनामा परेकी स्त्रीलाई झैं कष्ट भयो।”