Jeremiah 50:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यर्दनको किनारको घनघोर जङ्गलबाट हरियो खर्कमा सिंह आएझैँ म परमप्रभु आउनेछु र एक्कासि बेबिलोनीहरूलाई तिनीहरूको सहरबाट भाग्न लाउनेछु। त्यसपछि मैले चुनेको अगुवाले त्यस जातिमाथि राज्य गर्नेछ। मजस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुन राजा मेरो विरुद्धमा खडा हुन सक्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्दनका झाड़ीहरूबाट धेरै खर्क भएको ठाउँमा सिंह आएझैँ, म बेबिलोनलाई एकै छिनमा त्यसको देशबाट खेद्नेछु। यसको निम्ति मैले नियुक्त गर्ने चुनिएको जनचाहिँ को हो? को मजस्तो छ र? मलाई कसले हाँक दिन सक्छ र? कुनचाहिँ गोठालो मेरो विरुद्धमा खड़ा हुन सक्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, यर्दन नदीका झाडीहरूबाट हरियो खर्कबाट निस्केर आइरहेको सिंहझैँ म निस्कनेछु, र म बेबिलोनलाई झट्टै त्यसकै देशबाट खेद्नेछु; यस देशको निम्ति जसलाई चुन्छु, उसैलाई नियुक्त गर्नेछु। मजस्तो को छ र? कसले मलाई चुनौती दिन सक्छ? अनि कुनचाहिँ गोठालो मेरो विरुद्धमा खडा हुन सक्छ?”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म एउटा त्यस्तो सिंह हुँ जो कहिले काँही यर्दन नदी छेऊको घना जंगलबाट बाहिर निस्कन्छ। म हटात उसका मानिसहरूलाई खेदो गर्नेछु। म त्यसमाथि कसैलाई पनि नियुक्त गर्नेछु। म जस्तो को छ? मलाई कसले बोलाउन सक्छ। गोठालाको हो जो मेरो अघि उभिन सक्छ?”