Jeremiah 50:45 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले बेबिलोन सहरको विरुद्धमा बनाएको जुक्ति सुन। मैले त्यसका बासिन्दाहरूलाई के गर्ने इच्छा गरेको छु, ती सुन। तिनीहरूका बाल-बालिकाहरू पनि घिस्स्याएर लगिनेछन्। सबै जना भयभीत हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण बेबिलोनको विरुद्धमा परमप्रभुले रच्नुभएको योजना, र बेबिलोनीहरूका देशको विरुद्धमा उहाँको अभिप्राय कस्तो छ भनेर सुन: बगालका साना-साना पाठाहरू घिस्स्याएर लगिनेछन्। तिनीहरूको कारण त्यसले तिनीहरूको खर्क बिलकुलै रूपले सर्वनाश पारिदिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण बेबिलोनको विरुद्धमा याहवेहले जे योजना गर्नुभएको छ, उहाँले बेबिलोनीहरूको देशको विरुद्धमा जे उद्देश्य राख्नुभएको छ, सुन: बगालका कलिला बालबालिकाहरू तानेर लगिनेछन्; तिनीहरूका खर्कहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
बाबेलको विरूद्ध परमप्रभुको रच्नुभएको योजना सुन। बगालको स-साना थुमाहरू घिस्याएर लगिनेछ र परमप्रभुले तिनीहरूको चरणभूमि सम्पूर्ण ध्वंस पार्नु हुनेछ।