Jeremiah 50:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरा प्रजा ती भेडाहरूजस्‍ता छन्, जसलाई तिनीहरूका गोठालाहरूले पहाडतिर लगेर बाटो बिराउन लाएका छन्। भेडाहरूझैँ तिनीहरू एउटा पहाडदेखि अर्को पहाड गर्दै बरालिएका छन् र आफ्नो बासस्‍थान कहाँ हो, सो भुलेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा प्रजा हराएका भेड़ाझैँ भएका छन्‌। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई बरालिदिएका छन्, र पहाड़मा तिनीहरूलाई घुम्‍न लगाएका छन्‌। तिनीहरू डाँड़ातिर र पहाड़तिर घुम्‍न लागे र तिनीहरूले आफ्‍नो गोठलाई भुले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरा मानिसहरू हराएका भेडाहरूजस्तै भएका छन्; तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुबाटोतिर लगाएका छन्, र पर्वततिर डुलिहिँड्ने बनाइदिएका छन्। तिनीहरू डाँडा र पहाडतिर बरालिएका छन्, र तिनीहरूले आफ्ना बासस्थानलाई बिर्सेका छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए। तिनीहरूका अगुवाहरूले तिनीहरूलाई पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिडने बनाए। यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए।