Jeremiah 51:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले बेबिलोनलाई नाश गर्ने इच्छा गर्नुभएको कारण मादीका राजाहरूलाई सुर्याउनुभएको छ। उहाँको मन्दिर नाश पारिएको सट्टामा उहाँले त्यसरी बदला लिनुहुनेछ। अनि हमला गर्ने अफिसरहरू कराउँछन्, “तिम्रा काँडहरू तिखार! ढालहरू तयार पार!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“काँड़ तिखार! ढालहरू लेओ। परमप्रभुले मादीहरूका राजाहरूलाई सुर्याउनुभएको छ, किनभने बेबिलोनलाई नाश गर्नु नै उहाँको अभिप्राय छ। परमप्रभुले बदला लिनुहुनेछ, आफ्नो मन्दिरको निम्ति बदला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धनुकाँडहरू तीखा पार! ढालहरू उठाओ! याहवेहले मादीका राजाहरूलाई उक्साउनुभएको छ; किनकि उहाँको उद्देश्य बेबिलोनलाई नष्ट गर्नु हो। याहवेहले बदला लिनुहुनेछ; उहाँको मन्दिर नष्ट गर्नेहरूलाई बदला लिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
काँडहरू तीखो पार। ढालहरू लगाऊ। परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ। उहाँले तिनीहरूलाई उस्काउनु भयो किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ। परमप्रभुले बाबेलका मानिसहरूलाई त्यो दण्ड दिनु हुनेछ जसको लागि तिनीहरू योग्यका छन्। बाबेलका सेनाले यरूशलेममा परमप्रभुको मन्दिर भत्काएका थिए। यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो।