Jeremiah 51:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनका पर्खालमाथि आक्रमण गर्न सङ्केत देओ। पहरा-चौकी बलियो पार! प्रहरीहरू खटाओ! लुकेर हमला गर्ने मानिसहरूलाई लुक्ने ठाउँमा पठाओ!” परमप्रभुले बेबिलोनका मानिसहरूलाई जे गर्छु भन्नुभएको थियो, त्यसै गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनका पर्खालहरूका विरुद्धमा झन्डा उठाओ। गारदलाई बलियो पार। पहरा-चौकी खटाओ। लुकेर हमला गर्ने ठाउँ तयार पार। बेबिलोनका मानिसहरूका विरुद्धमा परमप्रभुले आफ्नो उर्दी दिनुभएको छ, उहाँले आफ्नो अभिप्राय पूरा गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनका पर्खालहरूको विरुद्धमा झण्डा उठाओ! पहरा-चौकी बलियो बनाओ; पहरेदारहरूलाई खटाओ, ढुकेर आक्रमण गर्नेहरूलाई तयार गर! याहवेहले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ; अनि बेबिलोनका मानिसहरूको विरुद्धमा उहाँले आफ्नो उर्दी पूरा गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
बाबेलको पर्खालहरूका विरूद्ध झण्डा माथि उठाऊ। अझ प्रहरीहरू ल्याऊ। तिनीहरूका ठीक ठीक ठाउँमा चौकीदार राख। धरापहरू थाप किनभने परमप्रभुले त्यही गर्नुहुन्छ जुन उहाँले योजना बनाउनु भएकोछ।