Jeremiah 51:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले आफ्नै नाउँमा शपथ खानुभएको छ कि बेबिलोनमाथि आक्रमण गर्न उहाँले सलहको बथानसरि मानिसहरू ल्याउनुहुनेछ र तिनीहरूले विजय गरेर जयजयकार मनाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभुले आफ्नै नाउँमा शपथ खानुभएको छ, सलहसरि तिमीहरूका बीचमा म निश्चय नै मानिसहरू भरिदिनेछु, र उनीहरूले तिमीहरूमाथि विजयको नारा लगाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेहले आफ्नै नामको शपथ खानुभएको छ: म निश्चय नै बेबिलोनलाई आक्रमण गर्न सलहको बथानझैँ सेनाहरूको भीडले भरिदिनेछु; अनि तिनीहरूले तँमाथि विजयी भएर जयजयकार गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभुले यो प्रतिज्ञा आफ्नो नाउँ लिएर गर्नुभयो “बाबेल म तिमीलाई धेरै शत्रुहरूले परिपूर्ण पारिदिनेछु। तिनीहरू सलहहरू जतिकै हुनेछन्। तिनीहरूले तिम्रो विरूद्ध युद्ध जित्नेछन् र तिनीहरू तिमीमाथि उभिएर विजय गान गाउने छन्।”