Jeremiah 51:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबका परमेश्वर तिनीहरूझैँ हुनुहुन्न; उहाँले नै सबै थोक बनाउनुभयो र उहाँले इस्राएललाई आफ्नै निज प्रजा बनाउनलाई चुन्नुभएको छ। सर्वशक्तिमान् परमप्रभु उहाँको नाम हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ, जो याकूबका हिस्सा हुनुहुन्छ, यीजस्ता हुनुहुन्न, किनकि उहाँ नै आफ्नो निज उत्तराधिकारको कुलसमेत सारा थोकहरू बनाउने हुनुहुन्छ। सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्न; किनकि उहाँ सबै कुराहरूको सृष्टिकर्ता हुनुहुन्छ, जसमा उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्; सेनाहरूका याहवेह उहाँको नाम हो।
Nepali ERV (पवित्र बाइबल)
याकूबका परमेश्वर यी मूर्तिहरू जस्ता मूल्यहीन हुनुहुन्न। मानिसहरूले परमेश्वर बनाएनन्। परमेश्वरले आफ्ना मानिसहरू बनाउनुभयो। उहाँले आफ्नो उत्तराधिकारी जाति सहित प्रत्येक चीज बनाउनु भयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।