Jeremiah 51:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए बेबिलोन, तँ सारा संसारलाई नाश गर्ने पर्वतसरि छस् तर म परमप्रभु तेरा शत्रु हुँ। म तँलाई समातेर भूइँमा पछारिदिनेछु र खरानीबीच छोडिराख्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे नाश गर्ने पहाड़, जसले सारा पृथ्‍वीलाई नाश गर्दछ, म तेरो विरुद्धमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “म मेरो हात तेरो विरुद्धमा पसार्नेछु, र तँलाई भीरबाट तल खसालिदिनेछु, र तँलाई डढ़ेलो लागेको पहाड़ तुल्‍याइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे, विनाशकारी पर्वत, म तेरो विरुद्धमा छु; तैँले सारा पृथ्वीलाई नष्‍ट गर्छस्,” याहवेह घोषणा गर्नुहुन्छ। “म तेरो विरुद्धमा मेरो हात पसार्नेछु, तँलाई भिरबाट तल गुडाइदिनेछु; अनि तँलाई एउटा डढेको उजाड पहाड तुल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “बाबेल! हे पर्वत ध्वंस छ जसले सारा भूमि नै ध्वंस पार्छ म तिम्रो विरोधमा छु। म तिम्रो विरोधमा मेरो हात उठाउँछु। म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु म तिमीलाई डढेको पर्वत बनाईदिनेछु।