Jeremiah 51:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनसित लडाइँ गर्न सबै जातिहरू तयार पार। मादीका राजाहरू, तिनका अगुवा र भारदारहरू र तिनीहरूका अधीनमा भएका सबै देशहरूका सेनाहरूलाई बोलाउन पठाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार पार— मादीहरूका राजा, उनका राज्‍यपाल र उनका सबै पदाधिकारीहरूलाई, र उनीहरूले शासन गरेका सारा देशलाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको विरुद्धमा युद्ध गर्नलाई राष्ट्रहरूलाई तयार गर! मादीका राजाहरूलाई, तिनीहरूका राज्यपालहरूलाई र तिनीहरूका सबै अधिकारीहरूलाई, र तिनीहरूले शासन गर्ने देशहरूलाई तयार गर।
Nepali ERV (पवित्र बाइबल)
उसको विरूद्ध लडाइँ गर्न जाति-जातिहरू तयार पार। मादीका राजाहरूलाई, राज्यपालहरू, सारा मुख्य हाकिमहरू र तिनीहरू जसले बाबेल विरूद्ध शासन गरे ती जम्मै देशहरूलाई तैयार पार।