Jeremiah 51:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनका राजाले यरूशलेमलाई काटेर खायो। त्‍यसले गाग्रो रित्याएझैँ त्‍यसलाई रित्यायो र राक्षसले झैँ त्‍यसलाई निल्‍यो। आफूले चाहे जति लिएर बाँकी त्‍यसले फालिदियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बेबिलोनको राजा नबूकदनेसरले हामीलाई खाइहाल्‍यो। त्‍यसले हामीलाई अलमल्‍ल पार्‍यो। हामीलाई त्‍यसले एउटा रित्तो भाँड़ाजस्‍तै तुल्‍याएको छ। त्‍यसले हामीलाई अजिङ्गरले झैँ निलिहाल्‍यो, र स्‍वादिलो थोकलाई झैँ हामीलाई निलेर आफ्‍नो पेट भर्‍यो, र त्‍यसपछि बान्‍ता गरेर हामीलाई फ्‍याँक्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बेबिलोनको राजा नबूकदनेसरले हामीलाई निलेको छ; त्यसले हामीलाई अलमलमा पारिदिएको छ। त्यसले हामीलाई रित्तो भाँडाजस्तै बनाइदिएको छ। त्यसले हामीलाई अजिङ्गरले झैँ निलेको छ, र त्यसले हाम्रो स्वादिष्‍ठ भोजनले आफ्नो पेट भरेको छ; त्यसपछि हामीलाई बान्ता गरेर फ्याँकिदिएको छ।
Nepali ERV (पवित्र बाइबल)
सियोनका मानिसहरूले भन्नेछन्, “बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो। हामीलाई चोट पुर्यायो। उसले हामीलाई खाली भाँडाजस्तै बनायो। राक्षसलेझैं उसले हामीलाई निल्यो। हाम्रो राम्रो भोजनले उसले आफ्ने पेट भर्यो। तब उसले हामीलाई बाहिर थुक्यो।