Jeremiah 51:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सियोनका बासिन्दाहरूले यसो भनून्, “हाम्रो रगत बगाएको निम्ति बेबिलोनिया जिम्मेवार ठहरियोस्!” अनि यरूशलेमका बासिन्दाहरूले चाहिँ यसो भनून्, “हामीले भोगेको कष्टको निम्ति बेबिलोन जिम्मेवार ठहरियोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीमाथि र हाम्रा छोराछोरीहरूमाथि गरेको उपद्रव बेबिलोनमाथि नै परोस्,” सियोनका बासिन्दाहरूले भन्छन्। “हाम्रो रगतको बदला बेबिलोनीहरूमाथि नै परोस्,” यरूशलेमले यसो भन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनका बासिन्दाहरूले भन्छन्, हामी र हाम्रा छोराछोरीहरूमाथि जस्तो अत्याचार परेको छ, त्यस्तै बेबिलोनमाथि पनि परोस्”। यरूशलेमले भन्छ, “हाम्रो रगत बगाएको बदला बेबिलोनमा बस्ने मानिसहरूमाथि परोस्”।
Nepali ERV (पवित्र बाइबल)
बाबेलले हामीमाथि डरलाग्दो र निन्दनीय कामहरू गर्यो। अब हामी बाबेलमाथि त्यही अनिष्टहरू भएको हेर्न चाहन्छौ।” यरूशलेमका मानिसहरू भन्छन्, “हाम्रो रगत बाबेलका मानिसहरूमाथि परोस्।”