Jeremiah 51:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभुले यरूशलेमवासीहरूलाई यसो भन्नुभयो, “म तेरो पक्ष लिनेछु र तेरा शत्रुहरूलाई तँमाथि गरेको थिचो-मिचोको बदलामा दण्ड दिनेछु। म बेबिलोनका पानीका मुहान सुकाइदिनेछु र त्यसका नदीहरू सुख्खा पारिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु यसो भन्नुहुन्छ, “हेर्, म तेरो पक्ष लिनेछु, तेरो निम्ति बदला म नै लिनेछु। म त्यसको समुद्र सुकाइदिनेछु, त्यसको पानीका मूलहरू सुकाइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेह भन्नुहुन्छ: “हेर, म तेरो पक्ष लिनेछु, र तेरो बदला लिनेछु; म त्यसको समुद्र सुकाइदिनेछु; अनि त्यसको पानीका मुहानहरू सुकाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु भन्नुहुन्छ “यहूदा! म तिमीहरूको मामला लिनेछु र प्रतिशोध गर्नेछु। म बाबेलको समुद्र सुकाइदिनेछु अनि झरनाहरू सुकाइदिनेछु।