Jeremiah 51:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो देश भत्‍केर थुप्रेको रास बन्‍नेछ, जहाँ जङ्गली जनावरहरूले बास गर्नेछन्। त्‍यो हेर्दा डरलाग्‍दो ठाउँ हुनेछ र त्‍यहाँ कसैले बास गर्नेछैन। त्‍यसलाई देख्‍ने हरेक मानिस भयभीत हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनचाहिँ भग्‍नावशेषको ढेर र स्‍यालहरूको अखड़ा, कोही मानिस नबस्‍ने ठाउँ, र त्रास र गिल्‍लाको पात्र हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोन भग्नावशेषको थुप्रो हुनेछ; स्यालहरूको ओडार हुनेछ; त्रास र गिल्‍लाको पात्र, कोही पनि नबस्‍ने एउटा उजाड ठाउँ हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाँउ बनिनेछ।