Jeremiah 51:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिनीहरू लोभी भएका छन्? म तिनीहरूका निम्‍ति एउटा भोज लाउनेछु र तिनीहरूलाई मताएर हर्षित तुल्‍याउनेछु। तिनीहरू निदाउनेछन् र कहिल्‍यै निद्राबाट जाग्‍नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब तिनीहरू बिउँझन्‍छन्, तब म तिनीहरूका निम्‍ति भोज तयार पार्नेछु, र म तिनीहरूलाई मत्त्याउनेछु, र यसरी तिनीहरू हाँस्‍दै कराउनेछन्‌ र सधैँको निम्‍ति सुत्‍नेछन्‌ र जाग्‍नेछैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब तिनीहरू उत्तेजित हुन्छन्, म तिनीहरूका निम्ति भोज तयार पार्नेछु, र तिनीहरूलाई मताउनेछु, ताकि तिनीहरू हाँस्दै चिच्याउनेछन्; अनि सदाको निम्ति सुत्नेछन् र निन्द्राबाट कहिल्यै बिउँझनेछैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू उत्तेजित हुन्छन् म तिनीहरूलाई एक प्रीति भोज दिनेछु। म तिनीहरूलाई मताउनेछु। तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्। तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।