Jeremiah 51:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनबारे परमप्रभुले यसो भन्‍नुहुन्‍छ, “सारा संसारले प्रशंसा गरेको सहर शत्रुका हातमा परेको छ। जाति-जातिहरूका बीचमा बेबिलोन एउटा डरलाग्‍दो दृश्य बनेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सारा पृथ्‍वीको अहङ्कार, बेबिलोन कसरी लिइनेछ! जाति-जातिहरूका बीचमा बेबिलोन अति घृणित हुनेछ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“शेशक कसरी कब्जा हुनेछ; सारा पृथ्वीको प्रशंसाको पात्र बेबिलोन कब्जा गरिनेछ! राष्ट्रहरूको बीचमा बेबिलोन एउटा भयानक दृश्य हुनेछ!
Nepali ERV (पवित्र बाइबल)
‘शीशक’ परास्त हुनेछ। सारा पृथ्वीको गौरवको र प्रशंसाको पात्र बाबेल कैद गरिनेछ। अन्य जातिहरूका मानिसहरूले बाबेलमा हेर्नेछन् अनि त्यस देशको सर्वनाश देखेर तिनीहरू भयग्रस्त हुनेछन्।