Jeremiah 51:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनको बाल देवतालाई म दण्ड दिनेछु र त्यसले लुटेका थोकहरू छोड्न लाउनेछु। जाति-जातिहरू फेरि त्यहाँ ताँती लगाई त्यसलाई पुज्न जानेछैनन्। “बेबिलोनका पर्खालहरू भत्केका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बेबिलोनमा बेललाई दण्ड दिनेछु, र त्यसले निलेका कुरा म त्यसलाई नै मुखबाट बान्ता गर्न लाउनेछु। जातिहरू फेरि कहिल्यै त्यसकहाँ ओइरिनेछैनन्, र बेबिलोनको पर्खाल ढल्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म बेबिलोनमा बेललाई दण्ड दिनेछु; अनि त्यसले जे निलेको छ, त्यो बान्ता गर्न लगाउनेछु। फेरि राष्ट्रहरू ताँती लगाएर आउनेछैनन्, र बेबिलोनको पर्खाल ढल्नेछ।
Nepali ERV (पवित्र बाइबल)
म बाबेलको बाललाई दण्ड दिनेछु। उसले जे-जे निलेको छ त्यसलाई उल्टी गराउँछु। बाबेलमा जाति-जातिहरूका मानिसहरू अब उसो आउने छैनन्। बाबेलको पर्खाल ढल्नेछ।