Jeremiah 51:46 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो साहस नहराओ अथवा होहल्लाको खबर सुनेर नडराओ। हरेक वर्ष नयाँ-नयाँ होहल्लाको खबर फैलन्छ। देशमा उपद्रव भएको र राजा-राजाको बीच लडाइँ भएको होहल्लाको खबर निक्लँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशमा केही हल्ला सुन्दा हतोत्साहित नहोओ अथवा नडराओ। यस वर्षमा एक किसिमको होहल्ला, अनि अर्को वर्षमा अर्को किसिमको होहल्ला, देशमा उपद्रव र शासकको विरुद्धमा शासक उठेको होहल्ला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब देशमा हल्ला सुन्छौ, तब हतोत्साही नहोओ, अथवा नडराओ; यस वर्ष एउटा हल्ला र अर्को वर्ष अर्कै हल्ला आउँछ; देशमा अत्याचारको हल्ला र शासकको विरुद्धमा शासक भएको हल्ला।
Nepali ERV (पवित्र बाइबल)
हे मेरा मानिसहरू हो, नडराऊ। उडान्त कुराहरू फैलिनेछ तर नडराऊ। यो वर्षमा एउटा उडान्त कुरा आउनेछ; अनि अर्को वर्षमा अर्को आउनेछ, यस भूमिमा हिंसाको उडन्त खबरहरू र शासकहरूको विरूद्ध शासकहरू लड्ने उडन्त कुरा हुनेछ।