Jeremiah 51:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन आउँदै छ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्‍ड दिनेछु। सारा देश लाजमा पर्नेछ र त्‍यहाँका सबै मानिसहरू मारिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यस्‍तो बेला निश्‍चय नै आउँछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्‍ड दिनेछु। त्‍यसको सारा देश लाजमा पारिनेछ, र त्‍यसका मारिएका सबै त्‍यसकै बीचमा मारिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हेर, समय निश्‍चय नै आउनेछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु; तब त्यसको सम्पूर्ण देश अपमानित हुनेछ, र त्यसका मारिएकाहरू सबै त्यसकै भूमिमा ढलिरहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
निसन्देह समय आउने छ जब म बाबेलका झूटा देवताहरूलाई सजाय दिनेछु अनि बाबेलका सारा देश लाजले पानी हुनेछ। बाबेलका गल्लीहरूमा धैरे लाशहरू लडिरहेका हुनेछन्।