Jeremiah 51:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब उत्तरबाट बेबिलोनलाई नाश गर्न आउने मानिसहरूका हातमा त्‍यो पर्नेछ, तब स्‍वर्ग र पृथ्‍वीका हरेक थोकले आनन्‍दको सोर उचाल्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब स्‍वर्ग र पृथ्‍वी र तिनमा भएका सबैले बेबिलोनको हारमा आनन्‍दले चिच्‍च्‍याउनेछन्, किनकि सर्वनाश गर्नेहरू उत्तर दिशाबाट त्‍यसको विरुद्धमा आउनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब स्वर्ग, पृथ्वी र तिनीहरूमा भएका सबै बेबिलोनको यस्तो स्थितिमा रमाउनेछन्; किनकि उत्तर दिशातिरबाट विनाशकर्ताहरूले त्यसलाई आक्रमण गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तब स्वर्ग र पृथ्वी अनि त्यहाँ भएका सबै बाबेलका बारेमा आनन्दले काराउने छन् किनभने ध्वंसकहरू बाबेलसित लड्न उत्तर दिशाबाट आउनेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो।