Jeremiah 51:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल र यहूदाका मानिसहरूले म इस्राएलका परमपवित्र परमेश्वरको विरुद्धमा पाप गरे तापनि म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई त्यागेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने इस्राएल र यहूदा आफ्ना परमेश्वर, सर्वशक्तिमान् परमप्रभुद्वारा त्यागिएका छैनन्, यद्यपि इस्राएलका परमपवित्रको सामुन्ने तिनीहरूको देश दोषले भरिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि इस्राएल र यहूदा तिनीहरूका परमेश्वर, सेनाहरूका याहवेहद्वारा त्यागिएका छैनन्; यद्यपि बेबिलोनीहरूको देश इस्राएलका पवित्र परमेश्वरको सामु अपराधले भरिएको छ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका एकमात्र पवित्रको अघि तिनीहरूको भूमि दोषले भरिएको भए पनि सेनाहरूका परमप्रभुले इस्राएल र यहूदालाई एक्लै छोडनु हुन्न।