Jeremiah 51:53 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनले माथि आकाशमा उक्‍लन सक्‍यो र त्‍यहाँ एउटा बलियो गढी बनाउन सक्‍यो भने पनि म त्‍यसलाई नाश पार्नलाई मानिसहरू पठाउनेछु। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उँभो स्‍वर्गसम्‍म बेबिलोन उक्‍ले तापनि र आफ्‍नो अल्‍गा-अल्‍गा गढ़ीहरू बलिया पारे तापनि, त्‍यसको विरुद्धमा सर्वनाश गर्नेहरू म पठाउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि बेबिलोनले आकाशसम्मै पुगेर आफ्ना अग्ला किल्‍लाहरूलाई बलियो पारे तापनि म त्यसको विरुद्धमा विनाश गर्नेहरू पठाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
स्वर्गसम्म बाबेल बढ्न सक्छ। उसले उसका किल्लाहरू बलियो बनाइदिनेछ। तर उसको विरूद्ध ध्वंसक पठाउनेछु।” परमप्रभुले यो कुरा भन्नुभयो।