Jeremiah 51:56 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू बेबिलोन नष्‍ट गर्न आएका छन्; बेबिलोनका सेनाहरू पक्राउ परेका छन् र तिनीहरूका धनुहरू भाँचिएका छन्। दुष्‍टलाई दण्‍ड दिने म परमप्रभु हुँ र म बेबिलोनलाई उचित प्रतिफल दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वनाश गर्ने बेबिलोनको विरुद्धमा आउनेछ, त्‍यसका योद्धाहरू पक्राउ पर्नेछन्, र तिनीहरूका धनु टुक्रा-टुक्रा पारिनेछन्, किनकि परमप्रभु बदला लिने परमेश्‍वर हुनुहुन्‍छ। उहाँले पूरै प्रतिफल दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनको विरुद्धमा एउटा विनाशकर्ता आउनेछ; त्यसका योद्धाहरू कब्जा गरिनेछन्; अनि तिनीहरूका धनुकाँडहरू भाँचिनेछन्। किनकि याहवेह उचित प्रतिफल दिनुहुने परमेश्‍वर हुनुहुन्छ; उहाँले पूर्ण रूपमा दण्ड दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
सेना आउने छ अनि बाबेल ध्वंस पार्नेछ। बाबेलका सिपाहीहरू तितर-बितर हुनेछन् तिनीहरूका धनुहरू भाँचिने छन्। किनभने परमप्रभु परमेश्वर हुनुहुन्छ जसले परिशोधन माँग गर्नुहुन्छ। उहाँले निश्चय तिनीहरूलाई चुक्त पारिदिनु हुनेछ।