Jeremiah 51:58 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाबेलका बलिया पर्खालहरू भूइँमा रास भए र त्‍यसका अग्‍ला मूल-ढोकाहरू आगोले भस्‍म भए। जाति-जातिका सबै काम व्‍यर्थै भए; तिनीहरूका परिश्रमहरू आगोको ज्‍वालामा भस्‍म भए। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “बेबिलोनको चौड़ा पर्खाल सम्‍म पारिनेछ, र त्‍यसका अल्‍गा मूल ढोकाहरू आगोले जलाइनेछन्‌। मानिसहरू व्‍यर्थमा आफूलाई थकित तुल्‍याउँछन्‌। जाति-जातिका परिश्रम ज्‍वालाको निम्‍ति इन्‍धन मात्र हुन्‍छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह भन्‍नुहुन्छ: “बेबिलोनको चौडा पर्खाल समतल बनाइनेछ; अनि त्यसका अग्ला मूलढोकाहरूमा आगो लगाइनेछन्; मानिसहरू व्यर्थैमा थाकेर शिथिल हुन्छन्, र राष्ट्रको परिश्रमचाहिँ ज्वालाको निम्ति इन्धन मात्र हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु भन्नुहुन्छ “बाबेलको बाक्लो, बलियो पर्खाल तल झारिनेछ। उसको अग्लो प्रवेशद्वारहरू जलाइनेछ। बाबेलका मानिसहरू व्यर्थमा कठोर परिश्रम गर्दछन्। जाति-जातिहरूको परिश्रम खाली आगोको लागि हुनेछ।”