Jeremiah 51:59 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मासेयाहका नाति नेरियाहका छोरा सरायाह सिदकियाह राजाका निजी सेवक थिए। सिदकियाह यहूदाका राजा भएको चौथो वर्षमा सरायाह राजासित बेबिलोनमा जाँदै थिए र मैले तिनलाई केही आदेश दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महसेयाहका नाति, नेरियाहका छोरा सरायाह जो राजभवनका मुख्य अधिकृत थिए, जो यहूदाका राजा सिदकियाहका राजकालको चौथो वर्षमा राजासँगै बेबिलोनमा गएका थिए, त्यस बेला तिनलाई यर्मियाले दिएको सन्देश यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षमा महसेयाहका नाति, नेरियाहका छोरा प्रमुख अधिकारी सरायाहलाई, राजासित बेबिलोनमा जाँदा यर्मियाले तिनलाई दिएको सन्देश यही हो।
Nepali ERV (पवित्र बाइबल)
यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरायाहलाई दिए। सरायाह यहूदाका राजा सिदकियाहसँग बाबेल तर्फ गए। यस बेला सिदकियाहको शासनकालको चौथो वर्ष थियो। अहिले सरायाह राजभवनका मुख्य प्रभारी थिए।