Jeremiah 51:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोन मेरो हातमा एउटा सुनको कचौराझैँ थियो, जसले सारा संसारलाई मताएको थियो। जाति-जातिले त्‍यसबाट दाखमद्य पिए र बौलाहाझैँ भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोन परमप्रभुको हातमा एउटा सुनको कचौरा थियो। त्‍यसले सारा संसारलाई मत्त्यायो। जाति-जातिहरूले त्‍यसको दाखमद्य पिए, र त्‍यसैकारण उनीहरू बौलाहा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोन याहवेहको हातमा एउटा सुनको कचौरा थियो; त्यसले सारा पृथ्वीलाई मतायो। राष्ट्रहरूले त्यसको मद्य पिएका छन्; यसकारण अहिले तिनीहरू पागल भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो। बाबेलले सारा पृथ्वीलाई मतायो। सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे। यसकारण तिनीहरू पागल भए।