Jeremiah 52:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि बेबिलोनीहरूले परमप्रभुको मन्दिरमा भएका काँसाका स्तम्भहरू र गाडाहरू, काँसाको ठूलो पानी ट्याङ्कीसमेत टुक्रै-टुक्रा पारे र जम्मै काँसा बेबिलोनमा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनीहरूले परमप्रभुको मन्दिरमा भएका काँसाका स्तम्भहरू, गुड्ने आधारहरू र काँसाको विशाल खड्कुँलो टुक्रै-टुक्रा पारेर सबै काँसा बेबिलोनमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र सबै काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे।
Nepali ERV (पवित्र बाइबल)
बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घेडेरीहरू, काँसाको ट्याँकी तोडे अनि काँसा बाबेलमा लगे।