Jeremiah 52:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले वेदी सफा गर्दा चलाउने बेल्चा र खरानी उठाउने पात्रहरू, दियो ठीक गर्ने औजारहरू, बलि गर्दा रगत थाप्ने भाँडाहरू, धूप-दानीहरू र मन्दिरका सेवामा चलाइने अरू सबै काँसाका चीज-बीजहरू पनि लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले भाँड़ाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू, सिट्ठी काट्ने कैँची, पानीको बाटा कचौराहरू र मन्दिरको सेवामा चलाइने सबै काँसाका सरसामानहरू लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदो काट्ने कैँचीहरू, छर्कने बाटाहरू, थाल बटुकाहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामग्रीहरू लगे।
Nepali ERV (पवित्र बाइबल)
बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे।