Jeremiah 52:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[21-22] दुई वटा स्‍तम्‍भ एकै किसिमका थिए, प्रत्‍येक आठ मिटर अग्‍लो र ५.३ मिटर गोलो थियो। ती स्‍तम्‍भहरू भित्रपट्टि खोक्रा थिए र तिनको काँसको मोटाइ साढे सात सेन्‍टिमिटर थियो। प्रत्‍येक स्‍तम्‍भको टुप्‍पोमा २.२ मिटर अग्‍लो काँसाको शीर्ष राखिएको थियो र त्‍यसका चारैपट्टि काँसाले बनेका दारिमहरूले सिँगारेको काँसाकै जाली थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक स्‍तम्‍भ अठाह्र हात अग्‍लो थियो। त्‍यसको गोलाइ बाह्र हात र मोटाइ चार अङ्‌गुल चौड़ा थियो, र खोक्रो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक स्तम्भ अठार क्यूबिट अग्लो र त्यसको गोलाइ बाह्र क्यूबिटको थियो। प्रत्येक खम्बा चार अङ्गुल बाक्लो मोटाइ र त्यो बीचमा खोक्रो थियो।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक काँसाका स्तम्भहरू 18 हात उँचाई, 12 हात गोलाई र 4 अंगुल मोटाई अनि बीचमा खोक्रो भएको थियो।