Jeremiah 52:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीबाहेक सेनापति नबूजरदानले मुख्य पूजाहारी सरायाह, दोस्रो पूजाहारी सपन्याह र मन्दिरका अरू तीन मुख्य अधिकारीहरूलाई कैद गरी लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अङ्गरक्षकका सेनापतिले मुख्य पूजाहारी सरायाह, दोस्रो दर्जामा भएका पूजाहारी सपन्याह र तीन जना ढोकेहरूलाई कैद गरेर लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे।
Nepali ERV (पवित्र बाइबल)
राजाको खास रक्षकहरूको अधिकारीले सरायाह र सपन्याहलाई कैदी बनाएर लगे। सरायाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे।