Jeremiah 52:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरबाट उनले फौजका अधिकृत, बाँकी रहेका सात जना राजाका सल्‍लाहकारहरू र फौजी कागत-पत्र राख्‍ने उनका सहायक र अरू साठी जना मुख्‍य मानिसहरूलाई पनि लिएर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरमा अझै रहेकाहरूमा सिपाहीहरूमाथि खटिएका एक जना अधिकृत र राजाका सात जना सल्‍लाहकारहरूलाई उनले लगे। देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने मुख्‍य अधिकृत-सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना पुरुषलाई पनि उनले लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र सात जना राजकीय सल्‍लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने प्रमुख अधिकारी प्रधान सचिवसहित, सहरमा भेट्टाइएका साठी जना मानिसहरूलाई पनि लगे।
Nepali ERV (पवित्र बाइबल)
तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाँउथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठी जना पुरूषहरूलाई पनि लगे।