Jeremiah 52:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनीहरूले सहरका पर्खाल तोडे। तिनीहरूले सहर घेरेर राखेका भए पनि राती सबै यरूशलेमका सिपाहीहरू निस्‍केर बाहिर भागे। तिनीहरू राजाका बगैँचाबाट भएर दुई पर्खालबीच भएको फाटकबाट निस्‍के र यर्दनको बेसीतर्फ लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सहरको पर्खाल भत्‍काइयो, र जम्‍मै सेना भागे। बेबिलोनीहरू सहरका वरिपरि थिए तापनि राजाका बगैँचाको नजिकका दुई पर्खालको बीचमा भएको ढोकाबाट भएर राती तिनीहरू भागे। तिनीहरू अराबातिर भागे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागे। तिनीहरू अराबातिर भागे;
Nepali ERV (पवित्र बाइबल)
शहरको पर्खालमा प्वाल बनाएको थियो। यरूशलेमका सेना भागे। तिनीहरूले शहर राता-रात त्यागे। राजाको बगैंचाको दुइ पर्खालहरूको माझको प्रवेशद्वारबाट तिनीहरू गए। अहिले बाबेलीहरूले शहरलाई घेरेका थिए। तिनीहरू आराबातिर भागे।