Jeremiah 52:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिदकियाह नबूकदनेसर राजाको सामुन्‍ने लगिए। त्‍यस बेला नबूकदनेसर हमात देशको रिब्‍ला सहरमा थिए र उनले त्‍यही नै सिदकियाहमाथि दण्‍डको आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनलाई समातियो। तब उनीहरूले राजालाई हमात देशको रिब्‍लामा बेबिलोनका राजाको सामुन्‍ने ल्‍याए, र त्‍यहाँ उनले तिनीमाथि दण्‍डको आज्ञा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ बेबिलोनका राजाले सिदकियाहमाथि दण्डको घोषणा गरे।
Nepali ERV (पवित्र बाइबल)
बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए।