Jeremiah 6:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट निस्केर भाग! तकोमा तुरही बजाओ र बेथ-हक्केरेममा आगो सल्काई धुवाँको सङ्केत दिने व्यवस्था गर! उत्तरबाट विपत्ति र विनाश आउन लागेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे बेन्यामीनका मानिसहरू हो, सुरक्षाको निम्ति भाग, यरूशलेमबाट भाग! तकोमा तुरही बजाओ! बेथहक्केरेममाथि सङ्केतबाट इशारा देओ! किनकि उत्तर दिशादेखि नाश, ठूलो सर्वनाश घेरेर आउँदैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट भाग! तको सहरमा तुरही फुक! बेथ-हक्केरेममा खतराको सङ्केत देओ! किनकि उत्तर दिशाबाट विपत्ति, डरलाग्दो विनाश आउँदैछ।
Nepali ERV (पवित्र बाइबल)
हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।