Jeremiah 6:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका घर र खेतबारी स्वास्नीहरूसमेत अरूहरूलाई दिइनेछन्। म यस देशका बासिन्दाहरूलाई दण्ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशका बासिन्दाहरूका विरुद्धमा जब म मेरो हात बढ़ाउनेछु, तब तिनीहरूका घर, खेतबारी र पत्नीहरूसमेत अर्कालाई दिइनेछन्,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मेरो हात यस देशमा बाँचेकाहरूका विरुद्धमा बढाउँछु, तब तिनीहरूका घर, खेतबारी र पत्नीहरूसमेत अरू मानिसहरूलाई दिइनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका घरहरू अन्य मानिसहरूलाई दिइनेछ। तिनीहरूका खेतहरू र पत्नीहरू अन्य मानिसहरूलाई दिइनेछ। म यस भूमिका मानिसहरूमाथि मेरो हात उठाउनेछु।” यो सन्देश परमेश्वरबाट आएको हो।