Jeremiah 6:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी घिनलाग्‍दा काम गरेकोमा तिनीहरूले लाज मान्‍नुपर्दैनथ्‍यो? तर तिनीहरूले लाज ठ्याम्‍मै मानेनन्। लाज भनेको के कुरा हो, तिनीहरूले जानेनन्। यसकारण अरू नाश हुनेहरूसँगै तिनीहरू पनि नाश हुनेछन्। मैले तिनीहरूलाई दण्‍ड दिएको समयमा तिनीहरू नष्‍ट हुनेछन्। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिनीहरू आफ्‍ना घिनलाग्‍दा चालचलनदेखि लज्‍जित छन्‌ र? अँहँ, तिनीहरू कत्ति पनि लज्‍जित छैनन्‌। लाजले रातो हुनु के हो, तिनीहरू जान्‍दैनन्‌। यसैले पतन हुनेहरूसँगै तिनीहरूको पनि पतन हुनेछ। तिनीहरूलाई मैले दण्‍ड दिँदा तिनीहरू नष्‍ट हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र? अहँ, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन। तिनीहरू कसरी लाज मान्‍ने भन्‍ने पनि जान्दैनन्। यसकारण तिनीहरू पतन भएकाहरूसँग पतन हुनेछन्; जब म तिनीहरूलाई दण्ड दिन्छु, तब तिनीहरू नष्‍ट हुनेछन्,” याहवेह भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरू र अगमवक्ताहरू आफूले गरेका नराम्रा कुराहरूले लज्जित हुनु पर्ने। तर तिनीहरू एकदमै लज्जित छैनन्। तिनीहरू कसरी लज्जित हुनु पर्ने जान्दैनन्। यसकारण तिनीहरू अरूसितै दण्डित हुनु पर्छ। जब म मानिसहरूलाई सजाय दिन्छु तिनीहरू भूँईमा फ्याँकिनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।