Jeremiah 6:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए पृथ्‍वी, सुन! यिनीहरूका सबै जुक्‍तिहरूको फलस्‍वरूप म यस जातिमाथि विनाश ल्‍याउँदै छु किनभने यिनीहरूले मेरा वचन इन्‍कार गरेका छन् र मेरा व्‍यवस्‍था पालन गरेका छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे पृथ्‍वी, सुन्‌। म यस प्रजामाथि सर्वनाश ल्‍याइरहेछु, जो तिनीहरूकै युक्तिको फल हो, किनभने तिनीहरूले मेरा वचनमाथि ध्‍यान दिएनन्, र मेरो व्‍यवस्‍थालाई चाहिँ तिनीहरूले इन्‍कार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे पृथ्वी, सुन्; तिनीहरूकै योजनाको फलस्वरूप, म यस जातिमाथि विपत्ति ल्याउँदैछु; किनकि तिनीहरूले मेरा वचनहरू सुनेनन्, र मेरा व्यवस्थाहरूलाई इन्कार गरे।
Nepali ERV (पवित्र बाइबल)
हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ! यहूदाका मानिसहरूको लागि म ध्वंस ल्याइरहेको छु किनभने तिनीहरूले नराम्रो कर्मका निम्ति योजना बनाएका छन् अनि तिनीहरूले मेरो सन्देशहरूलाई ध्यान दिएनन् अनि मेरा शिक्षाहरू अस्वीकार गरे।”