Jeremiah 6:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केको निम्ति यिनीहरू मकहाँ शेबा देशबाट सुगन्धित धूप र टाढाबाट चन्दन ल्याउँछन्? म तिनीहरूका भेटी ग्रहण गर्नेछैनँ, नत तिनीहरूका बलिदानसित प्रसन्न हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शेबादेखि धूप वा टाढ़ा देशदेखि बोझो मकहाँ ल्याइएका मलाई के वास्ता छ र? तिमीहरूका होमबलि ग्रहणयोग्य हुँदैनन्। तिमीहरूका बलिदानदेखि म खुशी हुँदिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शेबादेखि ल्याएको धूप अथवा टाढा देशबाट ल्याएको बोझो मलाई के मतलब छ र? तिमीहरूका होमबलिहरू ग्रहणयोग्य छैनन्; तिमीहरूका बलिदानहरू मेरा निम्ति मनपर्दा छैनन्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “किन मेरो लागि शबाको देशबाट सुगन्धित धूपहरू ल्यायौ? किन तिमीहरूले सुगन्धित मेरो निम्ति सुदुर देशबाट बेंत ल्यायौ? तिमीहरूले गरेका बलिहरूले मलाई खुशी बनाउँदैन। तिम्रो बलिदानहरूले मलाई सन्तुष्ट पार्दैन्।”