Jeremiah 6:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म यी मानिसहरूलाई ठेस खान लाउनेछु र लडाउनेछु। बुबा-छोराहरू, इष्‍ट-मित्रहरू, छरछिमेकीहरू सबै मर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म यस प्रजाको अगाड़ि ठेस लाग्‍ने बाधाहरू राखिदिनेछु। बुबा र छोराहरू तिनमा ठेस खानेछन्, र छिमेकीहरू र मित्रहरू नष्‍ट हुनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “म यस जातिको सामु ठेस लाग्ने कुराहरू राखिदिनेछु। बुबा र छोराछोरीहरू एकसाथ ती कुरामा ठेस खानेछन्; छिमेकीहरू र मित्रहरू नष्‍ट हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण, त परमप्रभु यसो भन्नुहुन्छ” म यहूदाका मानिसहरूलाई समस्याहरू दिनेछु। तिनीहरू ढुङ्गाहरू जस्तो हुनेछन् जसले मानिसहरूलाई पतन गराउनेछ। बाबु छोराहरू तिनीहरूमाथि ठोकिने छन् मित्रहरू र छिमेकीहरू मर्नेछन्।”