Jeremiah 6:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्‍ना धनु र तरवार हातमा लिएका छन् र तिनीहरू निष्‍ठुर र निर्दयी छन्। तिनीहरू घोडामा चढेर आउँदा तिनीहरूको आवाज समुद्रको गर्जनझैँ हुन्‍छ। यरूशलेमसित लडाइँ गर्न तिनीहरू आइरहेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू धनु र भाला लिएर सुसज्‍जित भएका छन्, उनीहरू निष्‍ठुर र निर्दयी छन्‌। उनीहरूको हल्‍ला समुद्रको गर्जनजस्‍तै छ। हे सियोनकी छोरी, तँलाई आक्रमण गर्न उनीहरू पङ्‌क्ति बाँधेर घोड़ाहरूमा सवार भएर आउँछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू धनु र भालाले सुसज्जित भएका छन्; तिनीहरू निर्दयी छन् र दया देखाउँदैनन्। तिनीहरू आफ्ना घोडाहरूमाथि सवार हुँदा तिनीहरूको आवाज समुद्रको गर्जनजस्तै सुनिन्छ; हे यरूशलेमकी छोरी, तँलाई आक्रमण गर्नका लागि तिनीहरू युद्धको पङ्‌क्ति बाँधेर आइरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूले तिनीहरूसित धनु काँड र भालाहरू ल्याउँछन्। तिनीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। तिनीहरूका घोडाहरूको आवाज जस्तै छ। हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन् र तिमीमाथि आक्रमण गर्नु आइरहेकाछन्।”