Jeremiah 6:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेमका मानिसहरू हो, यी कष्‍टहरू तिमीहरूका निम्‍ति चेतावनी होस्। नत्रता म तिमीहरूलाई त्‍याग्‍नेछु, तिमीहरूका सहरलाई उजाड पार्नेछु र त्‍यो निर्जन हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे यरूशलेम, यो चेताउनी सुनिराख्, नत्रता म तँदेखि अलग्‍गै बस्‍नेछु, म तेरो देश उजाड़ पार्नेछु, र त्‍यसमा कोही वास गर्नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे यरूशलेम यो चेतावनी सुन्, नत्रता म तँदेखि टाढा हुनेछु, र तेरो देशलाई उजाड पारिदिनेछु; अनि त्यहाँ कोही पनि बास गर्नेछैन।”
Nepali ERV (पवित्र बाइबल)
चेताउनी तर्फ ध्यान देऊ, यरूशलेम। यदि तिमीहरूले सुनेनौ भने म तिमीहरूपट्टि पिठ्युँ फर्काउनेछु। म तिम्रो भूमि रित्तो मरूभूमि जस्तै पारिदिने छु। कोही पनि त्यहाँ बस्न योग्य हुनेछैन्।”