Jeremiah 7:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिमीहरू मेरो मन्‍दिरलाई डाँकुहरूको लुक्‍ने ठाउँ भन्‍ने ठान्‍छौ? तिमीहरूले के गरिरहेका छौ, मलाई थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मेरो नाउँले कहलाइएको यो भवन तिमीहरूका निम्‍ति डाँकूहरूको ओड़ार भयो त? तर म आफैले यो हेरिरहेछु, परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मेरो नाम बोकेको यो भवन तिमीहरूका निम्ति डाँकुहरूको ओडार भएको छ? तर मैले देखेको छु! याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यो मन्दिर मेरो नाउँद्वारा डाकिन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।”‘ यो सन्देश परमप्रभुबाट आएको थियो।