Jeremiah 7:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “ए यर्मिया, यी मानिसहरूको निम्‍ति प्रार्थना नगर्‌। यिनीहरूको निम्‍ति बिलौना नगर्‌, मलाई नपुकार्‌, मलाई अर्जबिन्‍ती नचढा किनभने म तेरो बिन्‍ती सुन्‍नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैले तैंले यस प्रजाको निम्‍ति प्रार्थना नगर्, न त यिनीहरूका निम्‍ति पुकारा वा बिन्‍ती चढ़ा। मसित यिनीहरूका निम्‍ति अन्‍तर्बिन्‍ती नगर्, किनकि म तेरो प्रार्थना सुन्‍नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण यर्मिया यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त तिनीहरूका निम्ति कुनै बिलौना वा बिन्ती गर्। मसित अर्जबिन्ती नचढा; किनकि म तेरो कुरा सुन्‍नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
“सम्मान, यर्मिया यहूदाका मानिसहरूका लागि प्रार्थना नगर। तिनीहरूको निम्ति बिन्ती अथवा प्रार्थना नगर। तिनीहरूका सहायताका निम्ति मलाई अन्तर बिन्ती नगर। म तिनीहरूका निम्ति तिम्रो प्रार्थना सुन्ने छैन।