Jeremiah 7:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गकी रानी भनिने देवीलाई फुरौला बनाउन छोरा-छोरीहरू दाउरा बटुल्‍छन्, बुबाहरूले आगो बाल्‍छन् र आमाहरूले पिठो मुछ्छन्। तिनीहरूले मलाई चोट पार्न अरू देवताहरूलाई मद्य चढाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छोराछोरीहरू दाउरा बटुल्‍छन्, बुबाहरू आगो सल्‍काउँछन्, र स्‍वर्गकी रानीको निम्‍ति फुरौला बनाउन स्‍त्रीहरू पीठो मुछ्‌छन्‌। अरू देवताहरूका निम्‍ति अर्घ-बलि चढ़ाएर यिनीहरू मलाई रीस उठाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका छोराछोरीले दाउरा बटुल्छन्, बुबाहरूले आगो बाल्छन्; अनि स्त्रीहरू स्वर्गकी रानीका निम्ति फुलौरा चढाउन पिठो मुछ्छन्। मलाई रिस उठाउनलाई तिनीहरूले अरू देवी-देवताहरूकहाँ अर्घबलि चढाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
छोरा-छोरीहरूले दाउरा बटुल्छन् अनि बाबुहरू आगो सल्काउछन्। स्वर्गकी रानीलाई मिठो रोटी चढाउँन स्त्रीहरू पिठो मुसिरहेका छन्। अरू देवताहरूलाई खुशी पार्न अर्घबलि चढाउन छन् मलाई रीस उठाउन तिनीहरू यसो गर्छन्।