Jeremiah 7:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मन्‍दिरको ढोकामा उभी र यसरी घोषणा गर्‌, परमप्रभुलाई आराधना गर्न यो ढोकाबाट आउने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुका भवनको मूल ढोकामा उभिएर यो सन्‍देश घोषणा गर्‌: ‘परमप्रभुको आराधना गर्नलाई यी मूल ढोकाहरूबाट पस्‍ने हे यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहको भवनको मूलढोकामा उभिएर त्यहाँ यो सन्देश घोषणा गर्: “ ‘याहवेहलाई आराधना गर्न यी मूलढोकाहरूबाट भित्र प्रवेश गर्ने हे यहूदाका सबै मानिसहरू हो, याहवेहको वचन सुन!
Nepali ERV (पवित्र बाइबल)
यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभ। यो सन्देश प्रवेश द्वारमा प्रचार गर “हे यहूदाका मानिसहरू! परमप्रभुको वचन सुन। परमप्रभुको पूजा गर्न जो पनि यी फाटकहरूबाट आउँछ; यो वचन सुन।